तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयहरू ज्यानको बाजी राखेर दाउरा संकलन गर्न नदी किनारमा पुगेका छन्।नदीको बहाव अति तीव्र र खतरनाक भए पनि स्थानीयले जोखिमको कुनै पर्वा�...