बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र सुशासनलाई ध्यानमा राख्दै नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै मन्त्रालयको संख्या घटाएर ८ मा कायम गरेको छ। यसअघि कायम रहेका १४ वटा मन्त्रालयलाई गाभेर (मर्ज गरेर) ८ वटा मात्र बनाउने सरकारको पूर्वनिर्णय साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको हो।म�...