Techie IT
२०८२ मंसिर २०, शनिबार

हेटौँडामा बिहानै चल्यो डोजर, घर–टहरा भत्काउन शुरु


सडक डिभिजन हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर–टहरा हटाउन आग्रह गरेको म्याद सकिएपछि आज बिहानै सडक विस्तार अभियान सुरु गरेको छ। 

सडक विस्तारका लागि आवश्यक उपकरण, जनशक्ति र सुरक्षाकर्मीको उपस्थितिसहित डिभिजनले हेटौँडाको राप्तीरोड क्षेत्रमा पर्ने केही संरचना हटाउन थालेको हो।

हेटौँडामा सडक विस्तारको प्रयास २०३४ सालदेखि नै हुँदै आए पनि विभिन्न कारणले कार्यान्वयन रोकिँदै आएको थियो। शुक्रबार पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारसहित केही स्थानीयको घर नभत्काउन र मंसिर २६ गते छलफलमा बस्न अनुरोध गरिएको थियो। तर निर्धारित समयभित्र कुनै पत्र नआइपुगेको र कानूनी प्रक्रिया पूरा भएकाले सडक विस्तार रोक्न नसकिने सडक डिभिजनले जनाएको छ।

सडक विस्तार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, तथा बुद्धचोकबाट सामरी पुलसम्म सुरु गरिएको हो। २५ मिटर क्षेत्रभित्र पर्ने घर–टहरा हटाउने कार्य जारी छ। निर्माण कार्यका कारण हेटौँडामा राजमार्ग आवागमनका लागि वैकल्पिक व्यवस्था समेत मिलाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट