Techie IT
२०८३ भाद्र २०, शनिबार

आज यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना


हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ। यसका कारण हाल देशभर सामान्यदेखि पूर्णतया बदली (आकाशमा बादल) रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसोको मौसम:
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको मौसम:
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली, पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अविरल वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने र बाढीपहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट