Techie IT
२०८३ श्रावण २८, बिहीबार

रोल्पाको थबाङमा पहिरोले घर पुरिँदा १० बेपत्ता, ३ को मृत्यु


रोल्पाको थबाङ गाउँपालिका–५ (बोटलबारा/कोटलबारा) मा गएराति अविरल वर्षाका कारण गएको पहिरोले घर र गोठ पुरिँदा १० जना बेपत्ता भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकमध्ये स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव हालै फेला परेको हो भने अन्य दुई जनाको पनि पहिरोमा परी मृत्यु भइसकेको छ। घटनामा परी दुई जना घाइते भएका छन्।

पहिराले ६ वटा घर पूर्ण रूपमा पुर्दा १० जना बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक तथा जिल्ला सदरमुकामबाट करिब २१ कोशको दूरीमा पर्दछ। सूचना प्राप्त हुनासाथ गए राति नै प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको थियो।

आज बिहानैदेखि प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली नै घटनास्थलमा पुगेको छ। सुरक्षाकर्मीको संयुक्त टोली र स्थानीयवासीको सहयोगमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

बेपत्ता भएकाहरूको नामावली
जुनकुमारी पुन मगर (४० वर्ष)
अशिम पुन मगर (९ वर्ष)
अशोक पुन मगर (६ वर्ष)
डलबहादुर पुन मगर (७५ वर्ष)
अजम्बर पुन मगर (८० वर्ष)
बलबहादुर पुन मगर (७८ वर्ष)
लिलबहादुर पुन मगर (७२ वर्ष)
मनि पुन मगर (७१ वर्ष)
हस्तकला रोका मगर (६७ वर्ष)
(अन्य एक जनाको विवरण खुल्न बाँकी)



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट