Techie IT
२०८३ असोज २५, आइतबार

बूढीगण्डकीको बाढीले माछिखोला, सल्लेरी र जगत बजारमा ठूलो क्षति


बूढीगण्डकी नदीमा आज एकाबिहानै आएको भीषण बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण धार्चे गाउँपालिका-९ स्थित केरौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगेको छ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको अनुमान गरिएको छ। अहिले पनि नदी निरन्तर थुनिने र खुल्ने क्रम जारी रहेको स्थानीयवासीले बताएका छन्। बाढीका कारण माछिखोलाका साथै सल्लेरी र जगत बजार क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।

नदीमा पानीको बहाव अकस्मात् अत्यधिक बढेपछि तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उँचो स्थानमा जान आग्रह गरिएको छ। घटनास्थलमा प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरू उद्धार तथा क्षतिको विस्तृत विवरण सङ्कलनका लागि खटिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट