सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला ३ लाख नाघ्यो
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १४५ रुपैयाँले बढेको हो।
मूल्य वृद्धि सँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि बुधबारको बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि हुँदै प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस