नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। लगातार उकालो लागिरहेको सुनको मूल्यमा यस दिन प्रतितोला तीन हजार रुपैयाँले घटेको छ भने चाँदी पनि तोलामा ४० रुपैयाँले सस्तिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार चार सय (३,०२,४००) रुपै...