Techie IT
२०८३ असोज २०, मंगलबार

बैंकिङ कसूरका फरार अभियुक्त परे सीआईबीको फन्दामा


बैंकिङ कसूर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहँदै आएका एक जना प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

बतास ट्रयाक्टर्स प्रालिका तर्फबाट अख्तियार प्राप्त दिनेश गतराजको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी लक्ष्मण थोकर रहेको बैंकिङ कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो। 

अदालतको गत असोज २ गतेको फैसलाअनुसार दक्षिणकाली नगरपालिका–६ बस्ने पुष्पाञ्जली लक्की निर्माण सेवाका सञ्चालक ४२ वर्षीय लक्ष्मण थोकरलाई १ करोड ३ लाख रुपैयाँ बिगो, बिगोको ५ प्रतिशत जरिवाना र ६ महिना कैद सजाय सुनाइएको थियो।

अदालतको फैसलापछि फरार रहेका थोकर काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा लुकिछिपी बस्दै आएको विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा प्रहरीले उनलाई असोज २० गते काठमाडौँ महानगरपालिका–२७, महाबौद्ध क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका थोकरलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट