Techie IT
२०८३ मंसिर १५, सोमबार

रुकुम पश्चिममा जिप दुर्घटना : चालकको मृत्यु, ५ जना घाइते


बाँफीकोट गाउँपालिका–८, दुलीस्थित भित्री कच्ची सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शनिबार (मंसिर १३ गते) साँझ करिब ५:५० बजे सदरमुकाम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते भएका छ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएको थियो । उपचारका क्रममा जिप चालक मुसिकोट नगरपालिका–९ निवासी अन्दाजी २८ वर्षीय भीमसिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा बाँफीकोट गाउँपालिका–८, दुलीकी ३१ वर्षीया निर्मला केसी, उनका दुई वर्षीय छोरा दिनेश केसी, सोही स्थानकी ३२ वर्षीया मनीषा बस्नेत, ३६ वर्षीय कर्णबहादुर खत्री र मुसिकोट नगरपालिका–१० की १८ वर्षीया जेनिशा वली रहेका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये बालक दिनेश र जेनिशाको अवस्था मध्यम रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य छ । चालकसहित १० जना सवार उक्त जिप दुर्घटनामा परे पनि बाँकी चार यात्रु भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट