नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दैं
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार (असोज २३ गते) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने तय भएको हो।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा मुख्य रूपमा दुईवटा महत्वपूर्ण एजेन्डामाथि छलफल हुनेछ ।
१) पार्टीको महाधिवेशनबारेको तयारी र कार्यदिशा
२) आगामी कात्तिक र मङ्सिर महिनामा सञ्चालन गरिने दुई महिने संगठन सुदृढीकरण तथा जनअभियान
नेकपाले कात्तिक महिनादेखि नै देशव्यापी रूपमा यो जनअभियान सुरु गर्ने तयारी गरेको छ। प्रवक्ता ज्वालाले भोलि बस्ने बैठकले अभियानको ठोस कार्यदिशा तय गर्ने जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस