नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तराई-मधेशका सुनसरी, सिरहालगायतका क्षेत्रमा हालै भएका हिंसात्मक द्वन्द्वका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पे...