Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

क्वाण्टम मेकानिक्समा क्रान्ति ल्याउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार


क्वाण्टम मेकानिक्समा उल्लेखनीय योगदान दिँदै अत्याधुनिक पुस्ताका शक्तिशाली कम्प्युटरको मार्ग प्रशस्त गर्ने तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। पुरस्कार प्राप्त गर्नेमा जोन क्लार्क, माइकल एच. डेभोरेट र जोन एम. मार्टिनिस रहेका छन्।

स्वीडेनको स्टकहोममा आयोजित पत्रकार सम्मेलनमार्फत रोयल स्विडिश एकेडेमी अफ साइन्सेसले पुरस्कारको घोषणा गरेको हो। नोबेल कमिटीका अनुसार, मोबाइल फोन, क्यामेरा, अप्टिक फाइबर केबललगायत आधुनिक प्रविधिहरू क्वाण्टम मेकानिक्समा आधारित छन्।

युकेको क्याम्ब्रिजमा जन्मिएका र हाल युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा कार्यरत प्राध्यापक जोन क्लार्कले यो पुरस्कार आफ्नो जीवनको सबैभन्दा ठूलो आश्चर्य भएको प्रतिक्रिया दिएका छन्। फ्रान्समा जन्मिएका र येल विश्वविद्यालयका प्राध्यापक माइकल एच. डेभोरेट तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बार्बराका प्राध्यापक जोन एम. मार्टिनिसले यो पुरस्कार संयुक्त रूपमा बाँड्ने छन्।

यी तीन वैज्ञानिकले १ करोड १० लाख स्विडिश क्रोनरको पुरस्कार राशि साझा गर्नेछन्। नोबेल कमिटीका अनुसार, सन् १९८० को दशकमा विद्युतीय सर्किटमा गरिएका प्रयोगहरूमा उनीहरूको योगदानले म्याक्रोस्कोपिक क्वाण्टम टनेलिङ र ऊर्जाको क्वाण्टमीकरणको खोजलाई स्थापित गरेको हो, जसले क्वाण्टम कम्प्युटिङको आधार तयार गरेको मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट