Techie IT
२०८२ असार १, आइतबार

अबदेखि "आईओएस २६"


विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले आफ्ना अपरेटिङ सिस्टमहरूमा ठूलाे नाम परिवर्तनको तयारी गरिरहेको छ । ब्लुमबर्गले बुधबार प्रकाशित एक रिपोर्टमार्फत एप्पलले आफ्ना सफ्टवेयर अपडेटमा अबदेखि ‘वर्ष-आधारित’ नामकरण प्रणाली लागू गर्ने योजना बनाएको खुलासा गरेको हो ।

ब्लुमबर्गका प्रख्यात पत्रकार मार्क गर्म्यानका अनुसार एप्पल अब माइक्रोसफ्टको जस्तै नामकरण शैलीमा जाने तयारीमा छ, जसअनुसार सन् २०२५ को अन्त्यतिर सार्वजनिक हुने नयाँ मोबाइल अपरेटिङ सिस्टम आईओएस १९ नभई सोझै ‘आईओएस २६’ हुनेछ ।

यसै अनुसार एप्पलका अन्य सफ्टवेयरहरू — आईप्याडओएस २६, म्याकओएस २६, वाचओएस २६, टिभीओएस २६ र भिजनओएस २६ नाममा सार्वजनिक हुने तयारीमा छन् । यो नयाँ प्रणाली सन् २०२६ मा लक्षित सफ्टवेयर अपडेटका लागि २०२५ मा नै घोषणा गरिने अनुमान गरिएको छ  ।

ब्लुमबर्गको रिपोर्ट अनुसार आईफोनको मोडेल नाम भने अहिलेको ‘आईफोन १६’ पछि आईफोन १७ नै हुने अपेक्षा गरिएको छ। यसै श्रृंखलामा अहिले चर्चामा रहेको सबैभन्दा पातलो आईफोन – ‘आईफोन १७ एयर’ समेत यही अन्तर्गत आउने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट