Techie IT
२०८३ भाद्र ६, शनिबार

शङ्खमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको हत्या


काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ। उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेललगायतले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले त्वरित कार्रवाई गर्दै बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। घटना घटेदेखि फरार रहेका मुख्य आरोपी प्रमित पटेलको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट