Techie IT
२०८३ असोज २८, बुधबार

टिमुरे र मैलुङ क्षेत्रमा सम्पर्कविहीनहरूको खोजीका लागि गोताखोरसहितको विशेष टोली परिचालन


रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रमा रहेका जलविद्युत् गृहहरूमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ।

भोटेकोशी नदीमा बाढी आएको चार दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ। सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङका अनुसार टिमुरे र मैलुङलगायतका क्षेत्रमा विशेष तालिम प्राप्त जनशक्तिलाई खटाइएको छ। उक्त विशेष टोलीले सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको विवरण संकलन गर्नुका साथै नदी तथा जलविद्युत् आयोजना आसपासको क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट