Techie IT
२०८३ असार २५, बिहीबार

भारी वर्षा र बाढीले मृत्यु हुनेको संख्या ८७ पुग्यो, ७२ जना अझै बेपत्ता UPDATEDNews


पछिल्लो तीन दिनसम्मको लगातार भारी वर्षा, बाढी, पहिरो, र डुबानका कारण मृत्यु हुनेको संख्या ८७ पुगेको छ। साँझ ५ बजे सम्ममा ६६ जनाको मृत्यु पुष्टि भए पनि राति ८:३० बजेसम्म थप २१ जनाको मृत्यु पुष्टि भएसँगै यो संख्या ८७ पुगेको हो। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले मृत्युको संख्या पुष्टि गर्दै ७२ जना अझै बेपत्ता रहेको जानकारी दिए। साथै, ३६ जना घाइते भएका छन्।

काठमाडौँ उपत्यकामा मात्र ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच, र ललितपुरमा १८ जनाले ज्यान गुमाएका छन्। कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ।

बेपत्ता भएकाहरूमा कोशी प्रदेशमा ९, मधेश प्रदेशमा १, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९, र लुम्बिनी प्रदेशमा २ जना रहेका छन्। काभ्रेमा मात्रै १४ जनाको मृत्यु भएको छ भने मकवानपुरमा ७, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनासहित अन्य विभिन्न जिल्लाहरूमा मृत्यु भएका छन्।

सबैभन्दा बढी बेपत्ता हुने घटना काभ्रेमा भएको छ, जहाँ २६ जना बेपत्ता भएका छन्। पाँचथरमा ५, झापामा ४, र सिन्धुपाल्चोकमा ५ जनासहित देशभर ७२ जना अझै हराइरहेका छन्। प्रशासन र सुरक्षा निकायहरूले खोजी र उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट