एनपीएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने
नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक 'डिसिजन रिभ्यु सिस्टम' (डीआरएस) लागू हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको तेस्रो संस्करणदेखि नै यो आधुनिक प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको हो।
मैदानमा हुने अम्पायरिङका निर्णयहरूलाई थप निष्पक्ष, सटीक र विवादरहित बनाउनका लागि क्यानले डीआरएस प्रविधि भित्र्याउन लागेको हो। यसअघिका संस्करणहरूमा अम्पायरका केही निर्णयलाई लिएर टोली तथा खेलाडीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।
डीआरएस लागू भएसँगै मैदानमा 'हक-आई', 'अल्ट्राएज' र 'बल ट्र्याकिङ' जस्ता अत्याधुनिक प्रविधिको सहायताले तेस्रो अम्पायरले एलबीडब्ल्यू, क्याच तथा रनआउटका निर्णयहरूलाई सूक्ष्म रूपमा समीक्षा गर्न सक्नेछन्। यसले खेलको नतिजालाई थप विश्वसनीय र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
नेपाली घरेलु क्रिकेटको इतिहासमा डीआरएसको प्रयोगलाई खेलकुदको संरचनागत तथा प्राविधिक विकासका रूपमा एक महत्त्वपूर्ण फड्को मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस