Techie IT
२०८३ असोज २८, बुधबार

भोटेकोशी बाढी पीडितका लागि एडिबीद्वारा ७६ करोड राहत स्वीकृत


एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान सहायता स्वीकृत गरेको छ।

एडिबीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार यस अनुदान रकमबाट खोज तथा उद्धार सामग्री, जीवनदायी औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रयस्थल र सरसफाइका सामाग्री वितरण गरिनेछ। यसका साथै, आपत्कालीन पूर्वाधार निर्माणमा समेत यो रकम उपयोग गरिने बैंकले जनाएको छ।

विपद्को यस कठिन समयमा राहतका लागि पर्खन नसकिने स्पष्ट पार्दै एडिबीका अध्यक्ष मासातो कान्दाले प्रभावित परिवारलाई खाद्यान्न, शुद्ध पानी, बासस्थान र औषधि तत्काल उपलब्ध गराउन यो अनुदानले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकायहरू तथा अन्य विकास साझेदारहरूसँगको नजिकको समन्वयमा एडिबीले उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू अघि बढाइरहेको छ।

यसैबीच, विपद्पछिको आवश्यकताको मूल्याङ्कन, पुनःस्थापना योजना तयार पार्न र आगामी पुनःनिर्माणका कामलाई टेवा पुर्याउन थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको प्राविधिक सहयोगको प्रक्रिया पनि अघि बढाइएको एडिबीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट