Techie IT
२०८३ भाद्र १३, शनिबार

क्यानद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग गर्ने घोषणा


Cricket Association Of Nepal

नेपाल क्रिकेट संघ (क्यान) ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिराेका कारण ज्यान गुमाएका नागरिकप्रति गहिरो समवेदना प्रकट गर्दै विपद्को यो घडीमा प्रभावितहरूप्रति ऐक्यबद्धता जनाएको छ। सङ्कटको यस समयमा सरकारको राहत तथा उद्धार कार्यलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको क्यानले जनाएको छ।

साथै, क्यानले बाढीपीडित नागरिकलाई आवश्यक पर्ने राहत तथा पुनरुत्थानको काममा जुट्न सम्पूर्ण खेलप्रेमी, संघसंस्था तथा सरोकारवाला निकायहरूलाई समेत आपसी सहकार्यका लागि आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट