Techie IT
२०८२ मंसिर ११, बिहीबार

इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी गरेको आरोपमा पाँच जना पक्राउ


भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

भदौ २४ गते भएको प्रदर्शनका क्रममा उत्तेजित भिडले प्रहरी कार्यालयको भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गर्नुका साथै कार्यालयभित्र लुटपाटसमेत मच्चाएको थियो। त्यही क्रममा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहार भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले प्राप्त फोटो, भिडियो लगायतका प्रमाणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका - ३ का २९ वर्षीय विजय लिम्बू, उपमहानगरपालिका - ४ का ४७ वर्षीय मदन खत्री (साविक भोजपुर), वडा नं ५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, वडा नं ८ का २४ वर्षीय आभाष कार्की र वडा नं ४ का २४ वर्षीय सोनम कार्की रहेका छन्।

पक्राउ परेकाहरूलाई बुधबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले ‘आपराधिक उपद्रव’ गरेको नहुने कसूरमा उनीहरूविरुद्ध अनुसन्धानका लागि चार दिन म्याद थपको अनुमति दिएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट