प्रचण्डको दाबी: माओवादी फुट्न सक्दैन, एकता बलियो हुने
८ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि पार्टी ढुक्क भएको बताएका छन्। शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले माओवादीको टाउकोमाथि झुण्डिएको तरबार हटेको टिप्पणी गरे।
माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाका कामहरू पूरा हुन सकेका थिएनन्। हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ। यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूको छानबिन अगाडि बढ्नेछ ।
अध्यक्ष प्रचण्डले अब माओवादीलाई कसैले फुटाउन नसक्ने र अरु फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुने बताए। उनले भने, “कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस