उपनिर्वाचनका लागि प्रमुख र निर्वाचन अधिकृतको सिफारिस
न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ।

न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ। परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृतका लागि नाम सिफारिस गर्दै, जिल्लाको अदालतका न्यायाधीशहरुलाई तोकेको छ।
साथै, ६ स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि सिफारिस गरिएको छ। नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई सिफारिस गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस