एनपीएल: काठमाडौं गुर्खाजले दियो चितवन राइरोजलाई ११२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइरोजलाई ११२ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको हो। काठमाडौंका लागि सुमित महर्जनले २९ रन बनाउँदै टिमको अग्रणी प्रदर्शन गरे। माइकल लेभिटले २५, डेन डउथवेटले १९, र शंकर रानाले १६ रनको योगदान गरे।
चितवनका बलर सोहेल तानबिरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। अब चितवनले यो खेल जित्न ११२ रनको लक्ष्य पछ्याउनु पर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस