Techie IT
२०८२ भाद्र १९, बिहीबार

चितवन राइनोजको लगातार दोस्रो जित


सोहेल तनविर र रिजन ढकालको शानदार बलिङ प्रदर्शनपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हाँसिल गरेको छ। 

१ सय ६२ रनको लक्ष्य पछ्याउने पोखरा एभेन्जर्सलाई १३.२ ओभरमा ७४ रनमा समेट्दै चितवनले ८७ रनको फराकिलो विजय हासिल गरेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा सोहेल तनविरले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिए। उनले पहिलो बलमै कुशल भूर्तेललाई आउट गरेका थिए। अघिल्लो खेलमा ५ विकेट लिएका तनविरले दिलीप नाथ (४) र बास डे लिग (०) लाई पनि आउट गरे।

त्यसपछि रिजन ढकालले चौथो ओभरमा पोखराका ओपनर दिनेश खरेल (१), किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा एलबीडब्लु आउट गरे। पोखराले ७ रनमा ६ विकेट गुमायो, र १७ रनमा ७ विकेट गुमायो। लुक बेन्केनस्टेनले पनि ३ विकेट लिए। उनले रेयमन राइफरलाई १ रनमा, मार्कुस क्रिच्लेलाई १७ रनमा आउट गरेका थिए।

पोखराबाट नारायण जोशीले ३० रन बनाए। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बेन्केनस्टेनले उनलाई आफ्नो तेस्रो सिकार बनाए।

यसअघि चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। चितवनको लागि सर्वाधिक ५१ रन बनाएका रवि बोपाराले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान कुशल मल्लसँग चौथो विकेटमा ६८ रनको साझेदारी गरे। कुशलले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरी ३८ रन बनाएका थिए ।

पोखराबाट विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट