Techie IT
२०८२ भाद्र १०, मंगलबार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थानका ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका-५ बिरकोट घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कमा बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन्।

पक्राउ परेका निराजनले इजरायल पठाइदिन्छु भनेर एक जना पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै अर्को पीडितबाट २ लाख रूपैयाँ लिएका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट