Techie IT
२०८३ जेष्ठ ११, सोमबार

वैदेशिक रोजगारको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभन देखाउँदै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङका सुमित बस्याल र खोटाङका इच्छा गुरुङ रहेका छन्। सुमितले क्रोएसिया पठाइदिने प्रलोभनमा दुई जनाबाट २ लाख ४० हजार रूपैयाँ ठगी गरेका थिए भने इच्छाले पोल्याण्ड पठाइदिने भन्दै एक जनाबाट १ लाख रूपैयाँ ठगी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुमितलाई मंगलबार भाटभटेनी र इच्छालाई बुधबार पासीकोटबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट