Techie IT
२०८२ भाद्र १०, मंगलबार

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् । 

पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट