एनपीएल: चितवन राइनोजको फितलो पावर प्ले, लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोज पावर प्ले अवधिमा कमजोर ब्याटिङ गरिरहेको छ।
चितवनले पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ५६ रन मात्र बनाएको छ।
१.४ ओभरमा चितवनका ओपनर विपिन रावललाई ५ रनमा आउट गरेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो विकेट लिएका थिए। त्यसपछि, २.६ ओभरमा सन्तोष कार्की १० रनमा आउट भए, उनलाई रामोन सिमन्ड्सले पभेलियन फर्काएका थिए। ३.१ ओभरमा सोहेल तानबिरलाई १ रनमा आउट गर्दै रोहितले दोस्रो विकेट लिएका थिए।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोज अहिले ब्याटिङ गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस