सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, संसद् अधिवेशन आह्वानबारे छलफल
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजेबाट बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।
सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको हो ।
यहीँ माघ १८ गतेभित्रै हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस