खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता, अजयबाबु दोस्रो स्थानमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुलातर्फ) को मतगणनामा रामहरि खतिवडाले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्। दुई जना निर्वाचित हुने यस पदको पछिल्लो मतपरिणामअनुसार खतिवडा २ हजार १७८ मतका साथ शीर्ष स्थानमा रहेका छन्।
त्यस्तै, दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले १ हजार ५५६ मत प्राप्त गर्दै खतिवडालाई पछ्याइरहेका छन्। महाधिवेशनको जारी मतगणनामा अन्य प्रतिस्पर्धीहरूमध्ये डिल्लीराम सुवेदीले १ हजार २९४ मत र देवेन्द्रराज कँडेलले १ हजार १२ मत प्राप्त गरेका छन्।
यसैगरी, सहमहामन्त्रीका अन्य उम्मेदवारहरू राजीव ढुंगानाले ९०१ मत, विकास कोइरालाले ८१५ मत र अमृतकुमार अर्यालले ६६६ मत ल्याएका छन्। बाँकी उम्मेदवारहरू रमेशप्रसाद धमलाले ५८० मत र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस