Techie IT
२०८३ जेष्ठ ४, सोमबार

मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरिएको समय आज मध्यरातिदेखि सकिँदै


निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरिएको समय आज मध्यरातिदेखि सकिँदैछ।

गत कात्तिक ३० गतेसम्मका लागि दिइएको नामावली दर्ता समय नयाँ मतदाताको चाप र सरोकार भएका पक्षहरूको आग्रहका कारण आयोगले मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो।

यसबीचमा करिब सात लाख नयाँ मतदाता थपिएको आयोगले जनाएको छ। मध्यरातिपछिको सबै यकिन विवरण छिट्टै सार्वजनिक गरिने आयोगले जनाएको छ। नयाँ मतदाता बढेको सङ्ख्या उत्साहजनक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट