च्याम्पियन सुदूरपश्चिम रोयल्सलाई राज्यमन्त्री कुँवरले व्यक्तिगत ५१ हजार पुरस्कार दिने
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेसँगै च्याम्पियन टोली सुदूरपश्चिम रोयल्सलाई सरकारी, निजी निकाय तथा व्यक्तिगत तवरबाट पुरस्कार र सम्मान घोषणा हुने क्रम सुरु भएको छ ।
यसैक्रममा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवि कुँवरले विजेता टोली रोयल्सलाई व्यक्तिगत तर्फबाट ५१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेकी छन् ।
यसैबीच, उपाधि विजेता टोलीको सम्मानमा सुदूरपश्चिम प्रदेश सरकारले पनि आजै विशेष पुरस्कारको निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएल सिजन–३ को च्याम्पियन बनेको हो । लुम्बिनीले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १३.३ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्दै सानदार जित दर्ता गरेको थियो ।
सुदूरपश्चिमको एकतर्फी जितमा स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीले १ सय २५ रनको विस्फोटक अविजित शतकीय इनिङ्स खेले भने ओपनर विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस