Techie IT
२०८३ जेष्ठ ४, सोमबार

प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धता पत्र सार्वजनिक


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा कार्यक्रममा आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ। कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

‘नेपाली माटो हाम्रो बाटो’ भन्ने नारा बोकेको पार्टीले सुरुमै आत्मालोचना र स्वघोषणाबाट प्रतिबद्धता पत्र सुरु गरेको छ। प्रतिबद्धतामा भनिएको छ, ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौँ।’

पार्टीले राजनीतिक, आर्थिक तथा नीति–प्रणालीगत पुनर्संरचना गर्ने स्पष्ट प्रतिवद्धता जनाएको छ। त्यसका लागि पुनर्जागरण आन्दोलन सञ्चालन गर्ने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने तथा प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिने लक्ष्य समेटिएको छ।

पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद रहने उल्लेख गरिएको छ। यस्तै, समाज विकासका नविनतम् सिद्धान्तअनुसार नेपाली समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट