मुस्ताङमा रास्वपाको संगठन विस्तार, सुदेश गुरुङ नेतृत्वमा समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि आफ्नो संगठन विस्तार गरेको छ। कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा सम्पन्न पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा जिल्ला समिति गठन गरेको हो।
भेलाले उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ र कोषाध्यक्षमा शंकर गुरुङलाई चयन गरेको छ। सदस्यमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली समावेश छन्।
संगठन विभागतर्फ सन्तोष गुरुङलाई संयोजक र प्रेम पौडेललाई उपसंयोजक तोकिएको छ। यसैगरी र्यापिड एक्सन टीम (आरएटी)को नयाँ नेतृत्व पनि चयन गरिएको छ। आरएटीका संयोजकमा महेन्द्र गुरुङ र उपसंयोजकमा आशिक गुरुङ नियुक्त भएका छन्।
रास्वपा गठन भएको ४० महिनापछि मुस्ताङमा पार्टी संरचना बनेको हो। आइतबार भएको पहिलो जिल्ला भेलामा सहभागी हुन कार्यवाहक सभापति अर्यालसँगै नेता शंकर श्रेष्ठ र साजन शर्मा समेत मुस्ताङ पुगेका थिए।
अब रास्वपाको जिल्ला समिति गठन हुन बाँकी रहेका जिल्लाहरू मनाङ र डोल्पा मात्र रहेको पार्टीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस