Techie IT
२०८३ असार २६, शुक्रबार

विवेकशील साझा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुदैँ


विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले रास्वपामा विलय गर्ने निर्णय गरेको हो।

रास्वपाका नेता शिशिर खनालका अनुसार आइतबार राष्ट्रिय सभागृहमा दुवै पक्षबीच पार्टी एकता औपचारिक रूपमा घोषणा गरिनेछ।
‘एकताको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। विवेकशील साझाका नेताहरूलाई केन्द्रीय नेताको हैसियतमा सम्मानपूर्वक स्थान दिने सहमति भएको छ।

विवेकशील साझामा हाल समीक्षा बास्कोटा अध्यक्ष, रन्जु दर्शना महासचिव र प्रकाशचन्द्र परियार उपाध्यक्ष रहेका छन्।

संवाद समितिका संयोजक परियारका अनुसार ‘वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकता गर्ने निर्णय पारित गरिएको हो। उनका अनुसार जेन-जी आन्दोलनले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता थप तीव्र बनाएको र यही ऊर्जा तथा आकांक्षालाई समेट्दै एकता प्रक्रिया अघि बढाइएको हो।

वैकल्पिक राजनीति प्रारम्भ गरेका पार्टीका संस्थापक स्वर्गीय उज्वल थापाको योगदान तथा ‘विवेकशील आन्दोलन’लाई लिपिबद्ध गर्दै, प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने लक्ष्यसहित दुवै दल एक भएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट