नेकपा - जसपा राजेन्द्र श्रेष्ठ समूहबीच आज एकता घोषणा हुँदै
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ नेतृत्व समूहबीच आज एकताको औपचारिक घोषणा हुने भएको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आज दिउँसो १ बजे एकता घोषणा कार्यक्रम सुरु हुने जसपा नेता दुर्गा सुवेदीले जानकारी दिए।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी र जसपाको एकीकरण पक्षधर शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। गत आइतबार जसपाका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेता औपचारिक रूपमा नेकपामा प्रवेश गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस