सदस्यता रोकिए पनि कार्यकर्तासँगै रहने पूर्व राष्ट्रपती भण्डारीको वाचा, ओली-पोखरेल पक्षबीच कडा टक्कर हुने संकेत
पोखरेल लाई अध्यक्षमा मात्र हैन सबै पदमा पोखरेल - भण्डारी पक्ष र ओली पक्षविच चुनावसम्मै जाने गरि तयारी भैरहेको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आफू पार्टीको आम कार्यकर्तासँगै रहने प्रतिबद्धता जनाएकी छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै भण्डारीले दुई वर्षअघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यतालाई नेतृत्वले 'अनुचित तरिकाले रोकेको' कारण महाधिवेशनमा भौतिक उपस्थिति नहुने स्पष्ट पारेकी हुन्।
उनले आफ्नो स्टाटसमा भनिन्, "मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु।"
कुनै व्यक्तिको नाम नलिई उहाँले 'कुचेष्टा राखेर नेतृत्वले पार्टीमा सक्रिय हुन रोकेरापनि' आफू कार्यकर्ताको साथमा रहिरहने आशय व्यक्त गर्नुले एमाले अध्यक्ष ओली लक्षित तिखो प्रहार गरेको अनुमान गर्न सकिन्छ ।
प्रतिनिधि छनोटका विषयमा भण्डारीले भनिन् - “वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ।” सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र नेकपा (एमाले) को महाधिवेशन सफल होस् भन्ने कामना उनले गरेकी छन् ।

एमाले महाधिवेशन नजिकिँदै गर्दा पार्टीको पूर्व वरिष्ठ उपाध्यक्ष तथा पूर्व राष्ट्रपतीको यो सार्वजनिक अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष र नेतृत्व चयनको प्रक्रिया माथि महत्वपूर्ण अर्थ राखेको छ। नेतृत्वले सदस्यता नवीकरण रोक्नु र उहाँले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नुले पार्टीभित्रको विवादलाई सतहमै ल्याइदिएको विश्लेषकहरू बताउँछन्। केहि दिन अगाडि मात्र एक भिडियो सन्देश जारी गर्दे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्षका लागि दावि रहने भन्दै उम्मेद्वारी घोषणा गरेका थिए ।
पोखरेल लाई अध्यक्षमा मात्र हैन सबै पदमा पोखरेल - भण्डारी पक्ष र ओली पक्षविच चुनावसम्मै जाने गरि तयारी भैरहेको छ । महाधिवेशनमा आफू सजिलैसँग अध्यक्ष नबनाउने चुनावनै हुने भएपछि ओली समूहले महाधिवेशन प्रतिनिधि छनोटमै आफू इतर समूहका प्रतिनिधि रोक्न हरेक हत्कण्डा अपनाइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस