Techie IT
२०८३ जेष्ठ ३, आइतबार

'प्रलोपा'का सबै समिति स्वायत्त, नेताको वरिपरि घुम्ने पद्धति अन्त्य गरिने संरक्षक प्रभाकरको घोषणा


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्माले डेढ देखि दुई महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन्। उनले आगामी निर्वाचनको अवस्था र मितिलाई ध्यानमा राखेर सम्मेलनको तालिका तय गरिने बताएका छन्।

आज काठमाडौँमा आयोजित प्रलोपाको एक भेलालाई सम्बोधन गर्दै शर्माले पार्टीको विचार र सिद्धान्तलाई जनताले प्रस्ट बुझ्ने भाषामा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शर्माका अनुसार, राष्ट्रिय सम्मेलनको समयसीमा निर्वाचनको मितिमा निर्भर रहनेछ । फागुनमै निर्वाचन भयो भने वैशाखमा सम्मेलन गर्न बताएका छन् । संरक्षक शर्माले पार्टीको आन्तरिक संरचनामा आमूल परिवर्तन गरी विकेन्द्रीकरण गरिने योजना सार्वजनिक गरेका छन् । उनले पार्टीका सबै समितिहरूलाई पूर्ण स्वायत्तता दिइने बताए ।

'हामीले पार्टीका सबै समितिलाई स्वायत्तता दिनेछौँ। अब नेताको वरिपरि घुमेर होइन, जनताको मत ल्याएर यहाँ बहस गर्नुपर्छ। केन्द्रले प्रदेशलाई, प्रदेशले पालिकालाई हस्तक्षेप गर्ने होइन,' शर्माले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट