Techie IT
२०८३ जेष्ठ ३, आइतबार

कुलमानको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै


कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रूपमा घोषणा हुँदैछ। पार्टीले दिउँसो १ बजेदेखि ४ बजे प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा गर्ने कार्यक्रम तय गरेको छ।

सभामा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ हुनेछन्। कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने छ। साथै, पार्टीले आफ्नो सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई पनि स्पष्ट रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

पार्टीले मंसिर १२ मा जारी गरेको विज्ञप्तिमा आफूलाई दलहरूको भीडमा नयाँ दल मात्र नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको संगठनको रूपमा प्रस्तुत गरेको थियो। पार्टीले आम नेपाली जनताले विश्वास गर्नसक्ने नेतृत्व दिने दाबी पनि गरेको थियो।

साथै, जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवादमार्फत एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट