Techie IT
२०८२ मंसिर १८, बिहीबार

सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनाएको छ - प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले यी चाडपर्वहरूलाई प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले यी पर्वहरूले नेपालीको सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्।

"सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ," सन्देशमा उनले भने । नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। प्रचण्डले यी पर्वहरूले नेपाली समाजको विकास र एकतामा पुर्‍याएको योगदानको कदर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट