Techie IT
२०८३ असार २५, बिहीबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार गर्ने


सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ ।

मंसिर १६–१७ गतेसम्म चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार भरतपुरमा सार्वजनिक गर्दै चुनाव बहिष्कार गर्ने जनाएको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अमेरिकी योजनामा बनेको कठपुतली सरकार’ भन्दै आएको यो पार्टीले निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ ।

पार्टीको साङ्गठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने महासचिव गजुरेलले जानकारी दिएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबिच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा आन्दोलन अगाडि बढाउने पनि जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट