Techie IT
२०८२ मंसिर २०, शनिबार

निर्वाचन हुने वारे एमालेको अझै संसय कायमै, रास्वपालाई भने रविकै चिन्ता


प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरण बनाउनका लागि शुक्रवार साँझ बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख दलहरूबीच निर्वाचनको सुनिश्चितता बारे फरक-फरक मत देखिएको छ। 

प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै सबैबाट सहयोगको आह्वान गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन हुने विषयमा अझै संसय कायमै राखेको छ। 

एमालेका नेता महेश बर्तौलाले बैठकमा सुरक्षाको वातावरण नबनेको, सरकारको संवैधानिक परीक्षण बाँकी रहेको र चुनावी कानुनका विषयमा अनावश्यक प्रचार गरिएको भन्दै सरकारसँग ठोस जवाफ मागेका थिए। उनले सरकारले कुनै ठोस योजना नदिएको भन्दै निर्वाचन हुनेमा शंका व्यक्त गरे। 

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहभागी नेतृ सोबिता गौतमले पार्टीले सरकारलाई पूर्ण साथ दिएको बताउँदै निर्धारित मितिमा चुनाव गराउनुको विकल्प नभएकोमा जोड दिइन्। यस सन्दर्भमा, रास्वपाका नेताहरूले निर्वाचनको वातावरणसँगै आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि भइरहेका विभिन्न घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ । 

बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनका लागि पार्टीले सहयोग गर्ने तर सरकारले वातावरण बनाउन नसकेको धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट