Techie IT
२०८२ मंसिर २१, आइतबार

महाधिवेशन र निर्वाचन तयारी सँगसँगै अघि बढाइन्छ : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र आगामी निर्वाचनको तयारी सङ्गै अघि बढाइएको बताएका छन्। नेपाल प्रेस युनियन सर्लाहीद्वारा सदरमुकाम मलंगवामा आज आयोजित पत्रकार सम्मेलनमा उनले केही नेताले महाधिवेशनका कारण निर्वाचन तयारी प्रभावित हुने चिन्ता गरे पनि दुवै प्रक्रिया समन्वयपूर्वक अघि बढाइने स्पष्ट पारेका हुन्।

महामन्त्री थापाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै महाधिवेशन गर्ने/नगर्ने विषयमा अलि समय लागे पनि अब छोटो अवधिभित्र महाधिवेशन सम्पन्न गरी पार्टी निर्वाचनमा एकजुट भएर प्रवेश गर्ने निर्णय भइसकेको छ। उनले सबैलाई महाधिवेशन र निर्वाचन तयारीमा पूर्ण रूपमा होमिन आग्रह गरेका छन् ।

उनले फागुन २१ को निर्वाचनले संविधानमाथि थप क्षति हुन नदिने विश्वास व्यक्त गर्दै पार्टीले निर्वाचनमै जाने निर्णय देशहितमै भएको बताए। “हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ। अन्य दल पनि तयार भइसकेकाले सरकारले अब सबै संशय हटाएर चुनाव गराउने वातावरण बनाउनुपर्छ,” उनले भने।

थापाले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा पनि सबै समूह र राजनीतिक दललाई चुनावमा सहभागी गराउनुपर्नेमा जोड दिएको जानकारी दिए।

महामन्त्री थापाले नयाँ नीति, दृष्टि र सन्देशसहित आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै चाँडै देशव्यापी दौडाहामा निस्कने बताए। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौंबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट संकेत दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट