Techie IT
२०८३ असार २५, बिहीबार

प्रधानमन्त्री कार्कीले आफूलाई “जसरी पनि पक्राउ गर्न” दवाब दिइरहेकी छिन् - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई “जसरी पनि पक्राउ गर्न” दवाब दिइरहेको आरोप लगाएका छन्। 

पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको दाबी गरे।

ओलीका अनुसार प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण निवारण विभागका प्रमुखलाई बोलाई आफूविरुद्ध मुद्दा चलाउन, प्रमाण जुटाउन र गिरफ्तार गर्न दबाब दिइरहेकी छिन् । “प्रधानमन्त्रीले मुद्दा बनाउनु, प्रमाण खोज्नु, गिरफ्तार गर्नुपर्छ भनेर सम्पत्ति शुद्धीकरण निवारण विभागका प्रमुखलाई दवाब दिनुभयो। विभागका प्रमुखले ‘झूटो काम म गर्न सक्दिनँ’ भनेपछि उहाँलाई हटाएर अर्को अधिकारी ल्याइयो,” ओलीले भने । 

अध्यक्ष ओलीले सरकारद्वारा हालै गरिएको राजदूत फिर्ता तथा अध्यादेश जारी गर्ने निर्णयप्रति पनि आपत्ति जनाउँदै सरकारलाई आफ्नो जिम्मेवारीमा केन्द्रित हुन सुझाव दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट