Techie IT
२०८२ मंसिर २२, सोमबार

बझाङको चैनपुरमा पुस २ गते नेकपाको भव्य एकता सन्देश सभा हुने


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस २ गते बझाङको सदरमुकाम चैनपुरमा भव्य एकता सन्देश सभा आयोजना गर्ने भएको छ। कार्यक्रमका संयोजक मीनबहादुर कुँवर ‘विश्वास’ले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त सभामा आम बझाङवासी, नेता–कार्यकर्ता तथा कम्युनिस्ट एकतालाई समर्थन गर्ने सबैलाई सहभागी हुन आह्वान गरेका छन्।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलबीचको एकता प्रभावकारी रूपमा देखिन थालेको संयोजक कुँवरले बताएका छन् । उनका अनुसार बझाङमा अब नेकपा जनमतका हिसाबले प्रमुख शक्ति बनेको छ। 

पुस २ गतेको सन्देश सभालाई भव्य बनाउन पुस १८ गते जिल्ला कमिटिहरुको संयुक्त बैठक बसेर व्यापक जनसहभागिता सुनिश्चित गर्न निर्देशन समेत दिइएको छ।

मूल आयोजक समिति संयोजक विश्वासका अनुसार उक्त सभालाई पार्टीका नेता डा. भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाह लगायतका नेताहरुले सम्बोधन गर्नेगरि तय भएको छ।

प्रेस बक्तव्य -



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट