Techie IT
२०८२ मंसिर २३, मंगलबार

आगामी चुनावमा गठबन्धन हावी हुने संकेत, १२ दल एउटै चिह्नमा उत्रिदैँ


आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा ११४ राजनीतिक दल सहभागी हुने भएका छन् । 

धेरै दलहरू एक्लै चुनाव लड्नेभन्दा गठबन्धन बनाएर संयुक्त चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न तयारीमा देखिएका छन् । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृति पार्टीले ‘बस’ चुनाव चिह्नमा संयुक्त रूपमा चुनाव लड्ने तयारी गरेका छन् । बस चिन्हमै पूर्व राज्यमन्त्री रिजवान अन्सारी, हरिनन्दन कुमार अम्बेडकर र धपलालप्रसाद सहनी नेतृत्वमा रहेका दलहरू सहभागी छन् । 

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल ‘जाँतो’ चिह्नमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिँदै छन् । यी दलहरूको नेतृत्व क्रमशः राजेन्द्र महतो, पूर्वमन्त्री अशोक कुमार राई र कबिर सोपले गरिरहेका छन् । 

त्यसैगरी पूर्वसहरी विकासमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्णको जनादेश पार्टी नेपाल पनि एकल चिह्नमा चुनावमा जाँदैछन् । अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संयुक्त चिह्नमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । 

यता पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एउटै चुनाव चिह्नमा निर्वाचनमा उत्रने भएका छन् । यस्तो अवस्थामा २१ फागुनको चुनावमा ठूलो संख्यामा दलको सहभागिता देखिए पनि सहकार्य र गठबन्धन नै मुख्य रणनीति बनेको स्पष्ट भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट