Techie IT
२०८३ जेष्ठ ३, आइतबार

प्रधानमन्त्री कार्कीसँग माफी माग्दै सरकारलाई साथ दिने प्रसाईंको प्रतिबद्धता


नागरिक बचाउ अभियानका संरक्षक दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग औपचारिक रूपमा माफी मागेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेटक्रममा प्रसाईंले आफूले सार्वजनिक रूपमा बोलेका केही अभिव्यक्तिका लागि क्षमायाचनासहित सरकारलाई समर्थनको आश्वासन दिएका हुन्।

भेटमा प्रसाईंले भने, “मैले बाहिर भनेका कुरामा सरी भन्छु, माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर सरकारको पक्षमा उभिन्छौँ।”

सो अवसरमा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति पनि प्रदान गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट