Techie IT
२०८२ मंसिर २४, बुधबार

सरकार र जेन-जी प्रतिनिधिबीच आज औपचारिक सम्झौता हुँदै, यस्ता छन् सम्झौताका बुँदाहरु


नेपाल सरकार र 'जेन-जी' (Gen Z) आन्दोलनका प्रतिनिधिहरूबीच आज (बुधबार) साँझ महत्त्वपूर्ण औपचारिक सम्झौता हुन लागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित सगरमाथा हलमा साँझ ठिक ६ बजे सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्की पनि उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित हुनेछिन्। जेन-जी विद्रोहको जगमा निर्माण भएको यो सरकारले तीन महिना एक दिन पूरा गरेको छ।

कुन-कुन समूहसँग हुँदैछ सम्झौता?
सरकारले जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा निम्न तीन प्रमुख प्रतिनिधि समूहहरूसँग सम्झौता गर्न लागेको हो ।

  • जेन-जी मुभमेन्ट अलायन्स
  • द काउन्सिल अफ जेन-जी (सुधन गुरुङ समूह)
  • जेन-जी फ्रन्ट (रक्षा बम नेतृत्व)

सम्झौताका मुख्य बुँदाहरू
जेन-जी आन्दोलनको वैधानिकतालाई स्वीकार गर्दै सरकारले निम्न महत्त्वपूर्ण बुँदाहरूमा सम्झौता गर्ने तयारी गरेको छ:

स्वतन्त्र छानबिन: मानवअधिकार उल्लङ्घन र हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन गर्ने।

सुशासन र भ्रष्टाचार: राजनीतिक तथा नीतिगत भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने।

सार्वजनिक नियुक्ति: सार्वजनिक संस्थाहरूमा हुने दलिय भागबन्डामा नियुक्तिको अन्त्य गर्ने।

सम्पत्ति छानबिन: सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत व्यक्तिको आयस्रोत र सम्पत्तिमाथि छानबिन गर्ने।

निर्वाचन: स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त निर्वाचनको सुनिश्चितता गर्ने।

यो सम्झौतासँगै तीन महिना लामो अन्तरालपछि सरकार र जेन-जी प्रतिनिधिहरूबीच औपचारिक रूपमा सहकार्यको बाटो खुलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट