Techie IT
२०८२ मंसिर २७, शनिबार

नेकपा एमालेले विधान संशोधन नगर्ने, पारित विधान अनुसारै महाधिवेशन हुने


नेकपा एमालेले गत भदौ दोस्रो साता सम्पन्न भएको विधान महाधिवेशनले पारित गरेको पार्टी विधानलाई संशोधन नगर्ने भएको छ। यसअघि विधान संशोधनबारे पार्टीभित्र चर्चा भए पनि भदौमा पारित विधान नै आगामी ११औँ महाधिवेशनका लागि आधार बन्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकमा समेत विधान संशोधनबारे छलफल भए पनि कुनै निर्णय नलिइएको एमालेले जनाएको छ। ज्ञवालीका अनुसार महाधिवेशनले पारित गरेको विधान बाहेक अन्य कुनै संशोधन गर्ने योजना छैन।

यसैबीच, आज बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। पार्टी विधान अनुसार महाधिवेशनमा निर्वाचित र पदेन गरी गठन हुने संरचनाको ५ प्रतिशत सदस्य मनोनयन गर्न सकिने व्यवस्था रहेको छ।

एमालेको नयाँ विधानअनुसार ११औँ महाधिवेशनबाट २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछन्। साथै, अब स्थायी कमिटी रहने छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट